नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आज सभापति पदमा उमेदवारी घोषणा गर्दै छन् ।
त्यसका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषण गर्न लागेका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्ने र आफ्नो अरू टिम भने पछि सार्वजनिक गर्ने बताइएको छ ।
कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।