काठमाडौं – फेसबुकको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राम चलाउनेलाई झट्का लागेको छ । अबदेखि जन्ममिति नराखेर चलाइएका एकाउण्टहरु बन्द हुने भएका छन् ।
अब प्रयोगकर्ताले अनिवार्य जन्मदिन राख्नु पर्ने भएको छ । प्रतिष्ठित सोसियल एप इन्स्टाले सोमबार एक वक्तव्य जारी गर्दै कम्पनीलाई आफ्नो जन्मदिन पठाउनु पर्ने बताएको हो ।
यदि कसैले यसलाई अनावश्यक मानेर पठाउँदैन भने सेवा लिनबाट पनि वञ्चित हुने कम्पनीले बताएको छ ।
‘यदि तपाईँले हामीलाई जन्मदिन पठाउनु भएको छ भने हामी नोटिफिकेसन पठाउँछौं,’ इन्स्टाले भनेको छ, ‘र, इन्स्टा चलाइराख्न चाहनुहुन्छ भने तपाईँले त्यो सेयर गर्नुपर्नेछ ।’
आफ्नो जन्मदिनबारे झुटो बोल्नेलाई रोक्नका लागि कम्पनीले यो नियम ल्याएको बताएको छ ।
‘कतिपयले हामीलाई गलत मितिमा बर्थ डे भनेको पाइएको छ, त्यसलाई रोक्न र समाधान गर्न हामी नयाँ सिस्टम बनाइरहेका छौं,’ इन्स्टाले भनेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।