काठमाडौं – १२ जना सांसदले नेकपा एमाले परित्याग गरेका छन् । यो वागमती प्रदेशको खवर हो । प्रदेशसभा १२ जना सांसदले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रबेश गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका हुन् ।उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।
एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
एमालेको साथ छोड्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर रहेका छन् ।
त्यस्तै, रमा आले मगर, कुसुम कुमार कार्की, कृष्ण खनालले पनि एमाले छोडेका छन् ।