शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बालुवाटारमा मालदार मन्त्रालयको लफडा, लफडाले उग्र रूप लिए गठबन्धन नै सङ्कटमा पर्ने !


  • मंगलबार, भाद्र १५ २०७८
10.5K
SHARES

फाइल तस्विर

बालुवाटारमा मालदार मन्त्रालयको भाग बन्डामा उपेन्द्र पक्षले लफडा गरेका समाचार बाहिरिएका छन्, उपेन्द्र यादवले आफ्नू भागमा पनि शक्तिशाली मन्त्रालय हुनु पर्ने जनाउँदै माधव नेपाल सँग असन्तुष्ट रहेको स्रोत बत्ताउँछ । माधव पक्षलाई शक्तिशाली मन्त्रालय दिने सङ्केत पाए पछि उपेन्द्र यादवले अब्जेक्सन गरेको स्रोत बत्ताउँछ । यदि मन्त्रालय भागबन्डाको  लफडाले उग्र रूप लिए गठबन्धन नै सङ्कटमा पर्ने स्रोतको भनाई छ ।

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा विवाद भएको छ । मूलतः सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मालदार मन्त्रालयका विषयमा विवाद देखिएको हो । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा मालदार मन्त्रालयको विषयमा कुरा नमिलेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि नै काँग्रेसले गृह र कानुन मन्त्रालय सम्हालिसकेको छ भने माओवादी केन्द्रले अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय भाग पाइसकेको छ । सत्ता साझेदार बाँकी दुई दलले पनि महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच विवाद देखिएको हो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा नेता नेपालले आफ्नो पार्टीले पाउने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरेका छन् । तर उनको मागमा यादवले ‘अब्जेक्सन’ जनाएको ती नेताको भनाइ छ ।

‘माधवजीले पाउनुहुन्छ भने त्यो आफ्नो कुरा भयो । तर शक्ति सन्तुलनको हिसाबले उहाँले दुवै मन्त्रालय माग गर्न मिल्दैन,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने । यादवले माधव नेपालको पार्टीलाई भौतिक र उद्योगमध्ये एक दिन सकिने तर बाँकी भने अन्य मन्त्रालय लिनु पर्ने बताएका थिए । उपेन्द्रको बैठकमा भनाइ थियो, ‘उद्योग र सहरी विकास उहाँले लिनुपर्छ । भौतिक नै चाहिन्छ भने उहाँलाई शिक्षा मन्त्रालय पनि दिन सकिन्छ । तर दुवै मन्त्रालय दिन मिल्दैन ।’ आफूहरूलाई पनि पार्टीमा सन्तुलन मिलाउनुपर्ने बाध्यता रहेकाले मन्त्रालय भागबन्डा न्यायोचित हुनुपर्ने यादवको भनाइ थियो । तर नेपालले अडान नछोडेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा