शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हाम्रो सिद्धान्त मार्सवाद-लेनीनवाद, जबजको च्याप्टर क्लोज भइसक्यो : झाँक्री


  • मंगलबार, भाद्र १५ २०७८
16.9K
SHARES

फाइल तस्विर

नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले जबको च्याप्टर क्लोज भइसकेको बताउँदै आफुहरु  मार्सवाद र लेनिनवाद लाई मार्गदर्शक सिद्धान्त बनाएर अगाडि बढ्ने बताएकी छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा कुराकानी गर्दै जनताको बहुदलीय जनवाद जबज बोकेर आफ्नु पार्टीले नहिड्ने बताएकी हुन ।

रामकुमारीले प्रदिप नेपाल र बामदेव गौतमले जबज भए मात्रै नेकपा एसमा आउँने कुरा गरेकोमा पनि असन्तुष्टि जनाएकी छिन् । पुजिँबादी क्रान्ती एक पटक भन्दा बढि हुन नसक्ने र अब जबज छोडेर नयाँ क्रान्तीका लागी अघि बढ्ने उनको भनाई थियो। नेकपा एसको मार्गदर्शक सिद्धान्त मार्सवाद र लेनीनवाद हुने उनले प्रस्टै बताएकी छिन्।

नेकपा एसलाई जबज विरोधी पार्टी भेनेर आलोचना भइरहँदा नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति आएको हो । नेकपा एसले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर नहिड्ने संकेत गरि सकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा