शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेको मत खोसेर माधव नेपालले हामी जित्छौँ भन्दै हिँड्नु आफैलाई सिद्ध्याउनु हो:ज्ञवाली


  • मंगलबार, भाद्र १५ २०७८
8.8K
SHARES

फाइल तस्विर

नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘अर्काे वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’

ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै अघि थपे, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’

माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उनले कुनै दिन उनले त्यो महसुस गर्नेसमेत बताए ।

‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,’ संयोजक ज्ञवालीले माधव नेपालाई प्रश्न गरे, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’

संयोजक ज्ञवालीले माधव नेपालसहितको एकताको प्रयास गरेपनि असफल भएकोे पनि बताए । पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको बताए ।

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा