शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ठुलो भाग खान एमालेमै टाँसिएका पूर्वमाओवादी नेताहरूको जिम्मेवारी खोसियो, सुरु भयो रुवाबासी !


  • मंगलबार, भाद्र १५ २०७८
11.5K
SHARES

फाइल तस्विर

माओवादी केन्द्र परित्याग गरी एमाले बनेको नेताहरुको जिम्मेवारी खोसिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा बनेका नेताहरुको जिम्मेवारी खोसिएको हो ।

सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले रामबहादुर थापा बादलसहित सबै नेताको जिम्मेवारी खोसिएको हो । सोमबार अपानि जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारीविहिन भएका हुन् ।

माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीँ र प्रभु शाह लगायतको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेको थियो । जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो ।

तर, सोमबार पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका छन् ।

एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ।

यो सँगै एमालेमा रहेका पुर्व माओबवादीहरुले उचित स्थान दिए आफुहरु माओवादीमै फर्किन चाहेको कुरा प्रचण्डलाई बताएका छन । उनीहरु सुरक्षित अवतरणको साथ माओवादीमै फर्किने तयारि गरेको विशेष स्रोत मार्फत जानकारि प्राप्त भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा