शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


  • सोमबार, भाद्र १४ २०७८
8.8K
SHARES

कोरोना भाइरस सांकेतिक फाइल तस्विर

पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८०८ जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार यसबेला देशभर ५६८ जना संक्रमितहरु सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १६० जना भेन्टिलेटरमा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा