शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झलनाथको नेपाल टेक्ने बित्तिकै घोषणा “म कुनै पनि कार्यकारी पदमा बस्दिन”


  • सोमबार, भाद्र १४ २०७८
8.6K
SHARES

फाइल तस्विर

नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन् । अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा सो कुरा बताएका हुन् ।

‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने, ‘दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु ।

उनले आफु ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गरे । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ ।

उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए । ‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा