तपाईँले आफ्नो मोबाइल हराउनु भयो भने तपाईँको इमेल बाट चोरी गर्ने मान्छेले तपाईँको गोप्य कुराहरू थाहा पाउन सक्छ । त्यसैले हराएको मोबाइलमा भएको इमेल लग आउट गरिएन भने ठुलो झन्झटमा परिन सक्छ । त्यसैले लग आउट गर्नलाई निम्न विधि अपनाउन सकिन्छ ।
यसका लागि तपाईले निम्न विधि अबलम्बन गर्नुपर्दछ :
- कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लगइन
- त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी Manage your Google account अप्सनमा जानुहोस् ।
- Security ट्याबमा गएर Manage Devices अप्सनमा क्लिक गर्नुहोस् जुन Your Devices खण्डको पिँधमा हुन्छ ।
- त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो, अर्थात् जुन डिभाइस हराएको वा चोरी भएको हो
- उक्त डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् र त्यसपछि देखा पर्ने SignOut मा क्लि गर्नुहोस् ।
- त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो ? भनेर प्रश्न सोधिन्छ । त्यसलाई एकिन गराउनका लागि पुनः Sign Out मा क्लिक गर्नुहोस् ।
- यति गरिसकेपछि तपाईले तपाईको हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।
तपाईले अफिसमा वा साइबर क्याफे लगायतका ठाउँहरुमा आफ्नो जिमेल खोलेर साइन आउट गर्न बिर्सनुभएको छ भने पनि यो काइदा उपयोगी हुनसक्दछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।