पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।
बस्नेतले नेपाली संसद्को उपहास गर्दै सभामुख अग्निप्रसाद सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद् झल्को दिने गरी एमालेले १४ सांसद्लाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।
सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए । वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसद्लाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।
वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ छ । उनले संविधानको मिचेर अनेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसद्मा संसद्बीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आह्वान गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।