शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गगन रणनीति : सिटौलालाई लात हान्ने, देउवाको पाउ पर्दै महामन्त्री पड्काउने दाउ !


  • सोमबार, भाद्र १४ २०७८
11K
SHARES

फाइल तस्विर

गगन थापा नेपाली कांग्रेसका मनोनीत केन्द्रीय सदस्य हुन । यो भन्दा अगाडिको महाधिवेशनमा सिटौला खेमाबाट महामन्त्री लडेका गगनले हार बेहोरेपछि उनलाई मनोनीत गरिएको थियो । थापा चतुर राजनैतिक खेलाडी हुन । युवाका उग्र कुरा भाषणमा सजाएर युवामाझमा पपुलर पनि छन् । तर उनको राजनैतिक खेल अस्थिरतामा अवसर खोज्ने किसिमको देखिन्छ ।

उनले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्।

‘१४ औँ अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ थापाले भने, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ।’ भनेर अको चातुर्य देखाउन खोजेका छन् । उनको आशय सञ्चार माध्यममा अरूले गरे म जनताकै बिचबाट घोषणा गर्ने फरक नेता हुँ भन्ने म्यासेज दिन चाहेको प्रस्टै बुझिन्थ्यो ।

थापा २०७२ सालमा भएको १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए। उनी त्यसबेला शशाङ्क कोइरालासँग पराजित भएका थिए। त्यो बेला सिटौला क्याम्पमा गगन खुलेका थिए । अहिले सिटौलाको पछि लाग्ने हो भने आगामी दिनमा केन्द्रीय सदस्य नै बन्न नसक्ने भएकाले पनि उनी अवसर को खोजीमा छन् ।

उनको मिसन देउवा क्याम्पमा छिर्नु रहेको छ  तर देउवा क्याम्पमा ईन्ट्री मार्न भने भ्याई सकेका छैनन् । यो पटक कुनै पनि हालतमा महामन्त्री जित्ने दाउमा रहेका थापा देउवालाई जसरी पनि खुसी बनाएर देउवाको पाउ परेको खण्डमा आफ्नो दुनो सोझिने कुरा चतुर थापाले बुझेका छन् ।

देउवा समूहमा पनि बालकृष्ण खाण, पूर्णबहादुर खड्का, रमेश लेखक, एनपी साउद, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता अब्बल र पुराना भएकाले गगन थापालाई स्वाभाविक रूपमा देउवा खेमामा ईन्ट्री गर्न सहज भने छैन र महामन्त्रीको टिकट पाउने सम्भावना पनि रहेको देखिँदैन।

अझ देउवा क्याम्पमै प्रवक्ता तथा गगन थापा भन्दा सिनियर र अब्बल विश्वप्रकाश शर्मा पनि छन् त्यसैले सजिलो भने छैन तर चतुर थापा देशी बिदेसी स्वदे्सि जस्तो सुकै तागत लाएर पनि देउवा खेमामा छिर्ने र महामन्त्री जित्ने दाउमा छन् ।

यता राम चन्द्र पौडेल पक्षबाट महामन्त्रीका आकाङ्क्षी धेरै भएकाले थापाले महामन्त्रीको टिकट पाउने सम्भावना कुनै पनि हालतमा छैन । यो समूहमा शेखर कोइराला, सशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह, सुजाता कोइराला लगायतका नेता छन् । यी सबैलाई पाखा लगाएर थापा महामन्त्रीको उम्मेदवार हुनु भनेको पाहा डमा टाउको बजार्नु जस्तो देखिन्छ । तर थापा सकेसम्म सिटौलालाई लात हानेर पौडेल या देउवाको पाउ परेर महामन्त्री जित्ने दाउमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा