नेपाली काँग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गगन थापा विगत १४ वर्ष देखि सांसद छन् र पार्टीको गएको महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री लडेर हारेका थिए तर आगामी महाधिवेशनमा पुन महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी युवाका पक्षमा उग्र भाषण गरेर आम युवामाझ लोकप्रिय छन् तर काम भने देखिने गरी नगरेको निर्वाचन क्षत्रका जनताले बताउँदै आएका छन् । भाषण उग्र गर्ने तर काम भने भाषण अनुरूप नगर्ने निर्वाचन क्षत्रका जनताको गुनासो छ ।
एक अर्थमा भाषणले मात्र गगनको राजनीति टिकेको एक जानकारले बताएका छन् । गगन थापा अस्थिर तर अवसरलाई क्यास गर्न चतुर राजनैतिक खेलाडीको रूपमा चिनिन्छन् । महामन्त्रीको उम्मेदवारि घोषणा गरेका उनको आगामी कार्य शैली हेर्न वाकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।