शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालको पार्टीमा मन्त्री बन्न सजिलो छैन, मन्त्रीको निश्चित मापदण्ड बनाउँदै नेपाल !


  • सोमबार, भाद्र १४ २०७८
9K
SHARES

फाइल तस्विर

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)ले निर्धारित मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्ने भएको छ ।

सो पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव गर्ने भएको हो ।

यसअघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति सार्वजनिक गरेको थियो ।

पार्टीमा मन्त्रीका आकांक्षी बढेपछि निश्चित मापदण्ड बनाएर मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्न लागिएको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभा संसदीय दलका नेता समेत रहेका डा. बेदुराम भुसाल बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा