शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सत्तारुढ दलले प्रधान मन्त्रीलाई भने दार्चुला घटनामा सरकारको अडान प्रष्ट पार्नुस्, हैन भने..!


  • सोमबार, भाद्र १४ २०७८
9.6K
SHARES

फाईल तस्बिर

सत्ता गठबन्धनका नेताहरूले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रस्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै हैन भने गठबन्धन र प्रधानमन्त्री स्वयम अलोकपृय हुने गठबन्धनको जोड छ ।

सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ उनीहरुले भनेका छन् ।

१५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा