शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रदेश १ सरकार अल्पमतमा, भीम आचार्यलाई आफू नेतृत्वको सरकार जोगाउन सकस !


  • सोमबार, भाद्र १४ २०७८
9.3K
SHARES

फाइल तस्विर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई यतिबेला आफू नेतृत्वको सरकार जोगाउन सकस परेको छ । सत्तारुढ एमाले पार्टी विभाजनपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईको राजीनामा गराएर एमालेकै तर्फबाट मुख्यमन्त्री बनेका आचार्य यतिबेला प्रदेशसभामा एकल बहुमत कायम राख्न सकसमा परेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले नेपालको संविधानको धारा १६८ (१)अनुसार बहुमत प्राप्त दलको नेताको रूपमा आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । तर पार्टी विभाजनसँगै मुख्यमन्त्री आचार्यसँग प्रदेशसभामा एकल बहुमत कायम नरहने देखिएको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका कुल ५१ जना सांसद रहेकोमा पार्टी विभाजनका कारण अब यो समीकरणमा फेरबदल हुने देखिन्छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका कतिपय सांसद सामेल हुने तयारीमा छन् । निर्वाचन आयोगले तोकेको म्याद अर्थात् भदौ २२ सम्म एमालेका सांसदहरुले नयाँ दलमा सामेल हुन चाहे निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउनुपर्ने हुन्छ । यसरी सनाखत गराएका सांसदहरु नयाँ दलको सांसदका रुपमा कायम रहनेछन् ।

प्रदेश १ प्रदेशसभामा एमालेका कम्तीमा पनि १० सांसद अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका छन् । एमालेबाट १० सांसद बाहिरिएको अवस्थामा मुख्यमन्त्री आचार्य प्रदेशसभामा अल्पमतमा पर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा