आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

हिन्दु सेन्टिमेन्ट बटुल्ने, हिन्दु राज्य भन्न नसक्ने दौडमा काँग्रेस महाधिवेशन !


  • आइतबार, भाद्र १३ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । सभापतिका आकाङ्क्षी हरू एक पछि अर्को सार्बजनिक हुन थाले सँगै एक पछि अर्को नेताले हिन्दु धर्मका गुरु पुरोहितबाट पूजा गर्दै सभापतिको दौडमा होमिएका छन् ।

‘पार्टी उपसभापति बिमलेन्द्र निधिले पनि पार्टी सभापतिको दौडको क्रममा हिन्दु धर्मका गुरुहरुबाट पूजाआजा गरेर सभापतिको दौडमा लागेका छन् भने उता वर्तमान पार्टी सभापति देउवा पनि हिन्दु धर्मका गुरुहरूको विश्वास गर्ने नेताको रूपमा चिनिन्छन ।

समग्रमा भन्नु पर्दा काँग्रेस नेताहरूमा एकपछि अर्को हिन्दु धार्मले स्थान पाउन थालेको छ । आगामी मङ्सिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरूमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी सुरु भएको जानकारहरू बताउँदै आएका छन् । सभापति तथा पदाधिकारीका दाबेदारहरूले पूजापाठ र पुजारीसँग फोटो सेसन गराउन थालेको देख्दा राजनीतिक जानकारहरू नेपाली काँग्रेस हिन्दुको सेन्टीमेन्ट तान्ने तर हिन्दु राज्यमा भएका नेपाली जनताको पक्षमा मौन रहने काँग्रेसको रणनीति रहेको बताएका छन् ।

काँग्रेसमा धर्म निरपेक्षताको पक्षपाती मानिएका नेताहरु पनि ‘धार्मिक लुक्स’मा सार्वजनिक हुनु धार्मिक सेन्टीमेन्ट तान्ने मेलो भएको बत्ताउँछन् । नेपाली जनता हिन्दु राज्यको पक्षमा रहेको तर जनमत सङ्ग्रह नगरी चोर बाटोबाट धर्म निरपेक्ष घोषणा गरेको थाहा पाएका काँग्रेस नेताहरू जनताको सेन्टीमेन्ट लाई क्यास गर्नकै लागि धार्मिक कार्यमा लागेको जानकारहरुको भनाई छ ।

काँग्रेस भित्र युवा देखी बुढा नेताहरू सबै हिन्दु लुक्समा देखिएर जनताको सेन्टीमेन्ट लिने तर हिन्दु राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नु पर्छ भन्न चाहिँ नसक्ने किन भन्दै आम सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा