आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

सप्तकोसी उर्लियो, पानीको बहाब यो वर्षकै उच्च !


  • आइतबार, भाद्र १३ २०७८
13.1K
SHARES

फाइल तस्विर

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । लगातारको वर्षासँगै पछिल्ला दिनमा बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ५२ मध्ये ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । जोखिमबारे सूचित गर्न रातो बत्ती बालिएको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । यसअघि कटान भएका ठाउँमा पुन: कटान शुरू भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा