शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सबैतिर गठबन्धनको बहुमत पुग्यो, काम गर्न समस्या छैन : माधव नेपाल


  • आइतबार, भाद्र १३ २०७८
8.5K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताए ।

‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उनले भने, ‘राष्ट्रियसभामा माओवादीको १३, कांग्रेसको  ७, हाम्रो ७ जना छन् । एक स्वतन्त्र र एक मनोनित छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

उनले प्रदेशहरुमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन पनि निर्देशन दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा