शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आफूले जस्तो काम कसैले गरेको छैन भन्ने ओलीले महालेखाको प्रतिवेदन पढुन : नेपाल


  • आइतबार, भाद्र १३ २०७८
9K
SHARES

फाईल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।

एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरे । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’

ओली काण्ड लगायतका विषयमा प्रश्न उठ्दा ओलीले कहिल्यै छानविन गर्न गम्भीरता नदेखाएको उनले बताए । ‘यदि उहाँको संलग्नता छैन भने छानविन गर्न किन बाधा गर्नुपर्यो ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा