प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा बोलाएर झपारेका छन् । बालुवाटारमै बोलाएर मन्त्रीहरूको नाम नपठाएको विषयमा देउवाले प्रचण्ड समक्ष आक्रोश पोखेका हुन ।
‘तपाईँ मलाई असफल बनाउन खोज्ने ? सरकार बनेको ४७ दिन बितिसक्यो । किन मन्त्रीको नाम दिनु भएन् ।’ देउवाको भनाई उढृड गर्दै श्रोतले भन्यो, ‘पहिला माधव नेपाललाई कुर्नुहोस् भन्नुभयो । नयाँ पार्टी बन्दा पनि किन ढिलाई । अरे वावा छिटो गर्नुहोस् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार छिट्टै हुने प्रचण्डले वचन दिएको श्रोतको भनाई । प्रचण्डले लगभग मन्त्रीहरुको लिष्ट तयार गरिसकेका छन् ।
भेटमा सरकारलाई यथाशिघ्र पूर्णता दिनेबारे प्रचण्डले वचन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । दाहालले यसअघि माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।
भेटमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो टुंगाउन आग्रह गरे । माधव नेपाल र उपेन्द्र यादवलाई पनि छिटो टुंग्याउन पहल गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।