शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भदौ महिनाभित्र बाग्मती प्रदेश सरकार ढल्ने !


  • आइतबार, भाद्र १३ २०७८
10.4K
SHARES

अष्टलक्ष्मी शाक्य

एमाले बिभाजन प्रक्रिया शुरु भएकै बेला शपथ खाएकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार भदौ महिनाभित्र फेरिने राजनितिका जानकारहरुको भनाई छ। एमालेभित्र किचलो भएर नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गरेपछी शाक्य सरकारको दिनगन्ती शुरु भएको छ ।

एमालेभित्रको किचलोलाई आफ्नो पक्षमा ल्याउन  अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्न बाटो खोलिदिएका थिए ।

छोटो समयमै डोरमणि पौडेलको राजीनामा,संसदीय दलको नयाँ नेता चयन र रातको समयमा मुख्यमन्त्री नियुक्त तथा शपथ ग्रहण गराएर शाक्यलाई पौडेलले छाडेको कुर्सीमा ओलीले राखेका थिए ।

त्यसपछि नयाँ सरकारको नेतृत्व गरेकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत हालसम्म लिएको अबस्था छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल विभाजन भएको अवस्थामा उसका सांसदलाई २१ दिनभित्र कुन पार्टीमा लाग्ने भनेर रोज्न पाइने छुटको व्यवस्था गरिएको छ । यो आधारमा पनि भदौ महिनाभित्र शाक्य नेतृत्वको सरकार ढल्ने आँकलन गरिएको हो ।

एमाले विभाजनपछि बन्ने नेकपा एकीकृत समाजवादी पार्टीका सांसदको कारण स्वतः सरकार अल्पमतमा पर्नेछ । त्यसपछि एकीकृत समाजवादीको नेतृत्वमा नेपाली काँग्रेस,माओवादी केन्द्र र अन्य विपक्षी दलको गठबन्धनमा बाग्मती प्रदेश सरकार गठन हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा