बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ ।
संसदीय दलको नेता भए सँगै माधव नेपाललाई प्रधानमन्त्री बन्ने ढोका खुला हुनेछ । एक माधव पक्षका नेताका अनुसार राजनीति हो जे पनि हुन सक्छ माधव कमरेड नै प्रधानमन्त्री पनि बन्न सक्नु हुन्छ भन्दै प्रधानमन्त्री बन्ने सङ्केत गरेका छन् ।
तर अहिलेकै अबस्थामा माधब नेपाल प्रधानमन्त्री बन्ने अबस्था नरहे पनि सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य प्रेम आलेले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।