शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको प्रचण्डको टिप्पणी !


  • शनिबार, भाद्र १२ २०७८
8.9K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी गरेका छन् । वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए ।

प्रचण्डले भने : हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगिधन्दाबारे थाहा पाइएन । तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।

आफूलाई हालैमात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए ।

उनले भने : गठबन्धनमा केपीसँग एकता गरेर के पाउनुभयो भने ,मैले ज्ञान प्राप्त गरेर आएँ भने । ठूलो ज्ञान प्रापत गरेर आएको छु, त्यो ज्ञान कांग्रेसलाई, माधवजीलाई पनि काम लाग्ने ज्ञान हो भनेँ । वास्तवमा केपीको त ठगी धन्दा रहेछ ।

प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला-बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए ।

प्रचण्डले भने : पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानको थाहै पाइएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा