शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी गठन


  • शुक्रबार, भाद्र ११ २०७८
12.2K
SHARES

माधवकुमार नेपाल

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज बसेको बैठकले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।

नेकपा एसले नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

एक नेताले दिएको जानकारी अनुसार यो स्थायी कमिटी तत्कालका लागि मात्रै हो । राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ ।

‘तत्काल काम चलाउन यो स्थायी कमिटी कायम गरिएको हो । चाँडै स्थायी कमिटी विस्तार हुनेछ,’ नेता बेदुराम भुसालले भने ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको थियो । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा