शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ब्रुनो फर्नान्डीस र काभानी पछि पार्दै जेरार्ड मोरेनाले जिते युरोपा लिगको नयाँ उपाधी


  • शुक्रबार, भाद्र ११ २०७८
7.4K
SHARES

फाइल तस्विर

भिल्लारियलका फरवार्ड जेरार्ड मोरेनोले नयाँ उपाधी जितेका छन् । उनले २०२०–२१ यूईएफए युरोपा लिग प्लेयर अफ द सिजन जितेका हुन् ।

२९ वर्षीय मोरेनोले म्यानचेस्टर युनाइटेडको जोडी ब्रुनो फर्नान्डीस र एडिन्सन काभानीलाई पछि पार्दै युरोपा लिग प्लेयर अफ द सिजन घोषित भएका हुन् ।

इस्तांबुलमा सम्पन्न युईएफए युरोपा लिग समूह चरणको ड्र को क्रममा उनलाई पाँचौं संस्करणको युरोपा लिग प्लेयर अफ द सिजन अवार्डले सम्मानित गरिएको हो ।

भिल्लारियलका लागी अन्तिम २ सिजन निकै प्रभावसाली प्रदर्शन गर्दै भिल्लारियललाई पहिलो पटक युरोपा लिगको उपाधी दिलाएका थिए । स्पेनका अन्तराष्ट्रियले गत सिजनको युरोपा लिगमा १२ खेलमा ७ गोल र ५ असिस्ट गरेका मोरेनो प्रतियोगिताका सर्वाधिक गोलकर्ता थिए ।

उनल स्पेनका लागि१६ खेलमा ५ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा