शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डोले छाडे युभेन्टस


  • शुक्रबार, भाद्र ११ २०७८
12.7K
SHARES

फाइल तस्विर

पोर्चुगल स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफु आवद्ध रहेको क्लब इटालियन क्लब युभेन्टस छाडेका छन् ।
युभेन्टसका मालिक मासिमिलियानो एलिग्रीले रोनाल्डोले क्लब छाडेको पक्का गरेका हुन् । शुक्रबार एलिग्रीले आफ्नो प्रतिक्रिया दिँदै रोनाल्डोले क्लब छाड्ने पक्का भएको र यस सिजनबाट उनी बिदा हुने बताए छन् ।

यस्तै रोनाल्डो क्लको प्रशिक्षण सिविरमा अनुपस्थित भएका छन् । रोनाल्डो क्लबको प्रशिक्षण स्थलमा पुगेर आधा घण्टा बिताएपनी बिना प्रशिक्षण गरी फर्किएका हुन् ।

केही सातायता रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छोड्ने चर्चामात्र नभई पक्का भइसकेको एक इटालिष्यन जर्नलले जनाएको छ । रोनाल्डो इङ्गलिश क्लब म्यान्चेस्टर सिटी जाने चर्चा छ ।

३६ वर्षिय रोनाल्डोले क्लबमा छलफल गरी आफू क्लब छोड्ने मनसायमा रहेको उक्त जर्नलले उल्लेख गरेको छ ।

चर्चामा आए अनुसार पछिल्लो केही घण्टामा युभेन्ट्स र इङ्गलिश क्लब म्यान्चेस्टर सिटीबिच रोनाल्डोको लागि सम्झौता निक्कै नजिक पुगेको बताइएको छ ।

यी दुई क्लबबिच रोनाल्डोको ट्रान्सफर शुल्कमा केही भिन्नता रहेकोले अन्तिम निष्कर्ष निल्न केही समयमात्र लागेको आँकलन गरिएको छ ।

सिटी रोनाल्डोलाई फ्रि ट्रान्सफरको रुपमा भित्र्याउने दाउँमा छ भने युभेन्ट्सले २८ देखि ३० मिलियन युरोको माँग अघि सारेको छ ।

रोनाल्डोका फुटबल एजेण्डको रुपमा रहेका जोर्गे मेन्डिसले बिहिबार युभेन्ट्सको ब्यवस्थापनसँग क्लब त्याग्ने विषयमा छलफल गरेका थिए ।

युभेन्ट्सले रोनाल्डोलाई क्लब छाड्न अनुमति दिएको एजेण्ट मेन्डिसलाई उद्घृत गर्दै इटालियन जर्नलले खबर प्रकाशन गरेको छ ।

तर क्लबले रोनाल्डोले क्लब छोड्दा आफूहरुबिचको केही सहमतिहरु पूरा हुनुपर्ने शर्त अघि राखेको बताइएको छ ।

युरोपियन फुटबलमा यस सिजनको खेलाडी ट्रान्सफरको समय सक्किन केही दिनमात्र बाँकी रहेकोले युभेन्ट्स र सिटीले चाँडो नर्णिय लिनुपर्ने भएकोले पनि रोनाल्डोको ट्रान्सफर पक्का भएको बुझिएको छ ।

जर्नलका अनुसार यसमहिनाको अन्तिमसम्ममा रोनाल्डो सिटी भित्रिइसक्ने बताइएको छ ।

रोनाल्डो स्पेनिस क्लब रियाल मड्रिडबाट सन् २०१८ मा इटालियन क्लब युभेन्ट्स प्रवेश गरेका थिए । यसअघि उनले स्पेनको ब्यवसायिक फुटबलमा ९ वटा सिजन बिताएका थिए ।

रोनाल्डोले त्यसअघि सन् २००३ देखि २००९ सम्म प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडका लागि खेलेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा