शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपाल विरुद्ध एक्सनमा उत्रिए प्रचण्ड, १४ सांसदलाई कारवाही हुने


  • शुक्रबार, भाद्र ११ २०७८
11.9K
SHARES

फाइल तस्विर

काठमाडौँ – कुनै बेला लालजोडी बनेर हिडेका मोवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच सम्बन्धमा दरार आएको छ । प्रचण्डको स्वार्थ पुर्ती भएपछि माधव नेपाललाई धोकी दिदै उनी विरुद्ध एक्सनमा उत्रिएका छन् ।

उनले माधव नेपालका १४ जना संसदलाई कारवाही गर्न सभामुखलाई ग्रीन सिंनल दिएपछि सम्बन्धमा दरार आएको हो । १ भदौमा नेकपा एमालेले नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको जानकारी सांसद सचिवालयलाई दिएपछि हालसम्म त्यसले आधिकारिक्ता पाएको छैन।

नियमानुसार संसद् अधिवेशन चालु रहेको अवधिमा १५ दिनभित्र सभामुखले कारवाहीको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था छ। अधिवेशन नभएको अवस्थामा सूचना टाँस गर्ने चलन छ।

तर, सूचना कति दिनभित्र टाँस्ने भन्ने अवधि तोकिएको छैन। नजिर र स्थापित मान्यता हेर्ने हो भने यसअघि यस्तै पत्र प्राप्त भएको २४ घण्टादेखि बढीमा ७२ घण्टाभित्र सभामुखले सूचना दिइसकेको देखिन्छ।

तर, एमालेको हकमा भने त्यसो हुन सकेन । एमालेले ८ समानुपातिक र ६ प्रत्यक्ष निर्वाचित गरी १४ सांसदलाई कारबाही गर्ने निर्णय त्यही दिन ४ बजे संसद् सचिवालयमा दर्ता गराएपनि अहिलेसम्म पनि सभामुखले त्यसको जानकारी दिने वा सुचना टाँस गर्ने काम गरेका छैनन् ।

नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’समेतको नियोजित षडयन्त्रका कारण सभामुखले कारवाहीको विषय अड्कार राखेको आरोप लाग्दै आएको छ ।

योजना अनुसार २ भदौमा सरकारले पठाएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पर्यो । निवेदन परेसँगै एमाले सांसदहरूले सभामुखको कार्यकक्षमै पुगेर १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना तत्काल टाँस गर्न दबाव पनि दिए । तर, सभामुखले प्रक्रिया पुर्याएर कारबाही गर्ने आश्वासन मात्रै दिए ।

एमालेले सोहि सूचना निर्वाचन आयोगमा पनि दर्ता गराएको थियो। तर, आयोगले समेत त्यसको वेवास्ता गर्दै तिनै सांसदलाई सनाखत गराएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी) दर्ता गरिदियो । निर्वाचन आयोगले दर्ता सम्बन्धी निवेदनमा ४५ दिनपछि निर्णय गर्न सक्थ्यो । तर, एक हप्तामै दल दर्ता गरेर प्रमाणपत्र दिएपछि एमालेलाई ठुलो धक्का लागेको छ।

स्रोतका अनुसार सभामुख सापकोटाले अव भने एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना टाँस गर्ने प्रकृया अघि वढाएका छन् । १÷२ दिनभित्रै सूचना टाँस गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सापकोटालाई संकेत गरेको श्रोतको दावी छ।

प्रचण्डले ‘सभामुख जी अब माधव नेपालका १४ सांसदको पद खाइदिए फरक पर्दैन’ भन्दै दाहाले सापकोटालाई संकेत गरेका छन् । ‘पार्टी विभाजन भइहाल्यो, कानून अनुसार केन्द्रीय कमिटी सदस्यबाट मात्रपनि उहाँको पार्टी नेकपा एकीकृत समाजवादी वैध बनिहाल्यो’ प्रचण्डको कुरालाई उध्रित गर्दै स्रोतले भन्यो–‘अब विचाराधिन राखिएको कारबाहीको सूचना टाँस गरे हुन्छ।’

अब अध्यक्ष नेपाल सरकारमा भाग खोज्न आउँने र माओवादी भन्दा बढी भाग खोज्ने भएकाले उनलाई साईजमा राख्न पनि कारवाहीको सूचना टाँस्नु पर्ने आवस्यक देखिएको प्रचण्डले वताएका थिए । नेपालको पार्टी माओवादीमै विलय गराउन पनि १४ जना सांसदको पद जानु जरुरी रहेको उनले वताएका थिए ।

‘सांसद हुँदा र नहुँदाको वार्गेनिङ प्रकृया फरक हुने भएकाले पहिलो उहाँलाई साइजमा राख्नुपर्छ’ प्रचण्डको भनाईलाई स्रोतल अगाडि सुनायो–‘हामी भाले हुनका लागि उहाँलाई साईजमा राख्ने मौका नै एमालेको कारबाहीको सूचना टाँस गर्ने हो ।’

१४ जना सांसदको पद गए उपनिर्वाचनमा भागवण्डा गरेर आधा–आधा सिट वाँड्ने र एमालेमा मिसिएर गुमेको सिटपनि आउँने विश्लेषण प्रचण्डको छ। प्रचण्डले एमाले फुट्दा अपेक्षा अनुसार फाईदा लिन नसकेको पनि निकटका नेताहरुलाई सुनाउने गरेका छन् ।

माधवकुमार नेपालले जुन भोल्युममा पार्टी फुटाउँछन् भन्ने अनुमान थियो, त्यसको ठिक विपरित सानो हिस्सा मात्रै लिएर माधव नेपाल बाहिरिएकोमा उनको असन्तुष्टी छ।

विभाजन एमालेको भए पनि यसवाट हुने फाईदा भने प्रचण्डलाई नै हुने निस्चित थियो । केपी ओलीलाई भित्तामा पुर्याइदिन्छु भन्दै गरेका भाषणको औचित्य केहि हदसम्म पुरा भएपनि सोच अनुसार नभएको उनको वुझाई छ। नेपाल आज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा