काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी विच एकीकरण हुने देखिएको छ । पार्टी एकीकरणको भित्री सहमति भएपनि अबको ४ महिनाभित्र दुई पार्टीभित्र एकता हुने बुझिएको छ ।
नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा एसका एक नेताले बताए ।
उप सभामुख नेकपा एसले पाउने सहमति भए अनुसार टुंगिएपछि एकता प्रक्रियाले गति लिने भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।
आगामी आमनिर्वाचन अगावै एकीकरण गरेर जाने तयारी अनुसार माधव नेपालले संगठन निर्माणमा सक्रियता बढाइसकेका छन् ।
प्रचण्ड र माधव नेपालले विचार मिल्ने अन्य शक्तिसँग पनि एकता गरेर चुनावमा जाने रणनीति बनाइसकेको बुझिएको छ ।
संघीयता, गणतन्त्र र धर्मनीरपेक्षका पक्षधर शक्ति एक भएर चुनावमा जाने गरी अग्रिम गृहकार्य अनुसार पछिल्लो घटना विकास भएको बुझिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।