शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देउवा लाई हराउन मैदानमा उत्रिए बिमलेन्द्र, कसैले रोकेर नरोकिने !


  • शुक्रबार, भाद्र ११ २०७८
11.7K
SHARES

फाईल तस्बिर

आसन्न महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले आजबाट औपचारिक प्रचारप्रसारको अभियान थालेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाकै टिममा रहेर देउवाका विश्वास पात्र मानिँदै आएका उपसभापति निधि देउवा उपरनै मैदानमा उत्रिने निश्चित गरेका छन् ।

निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान सम्पर्क कार्यालयमा आशीर्वाद लिएको उनका सल्लाहकार रामजी दाहालले जानकारी दिए । दाहालका अनुसार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिको कार्यालय दिउँसो उद्घाटन हुँदैछ ।

विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट देउवासहित २ उम्मेदवार हुने निश्चित भएको छ ।

लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका आएका थिए । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा