बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

१८ गते सबै वडामा अधिवेशन हुनुपर्छ नत्र ! : पौडेल समूह


  • शुक्रबार, भाद्र ११ २०७८
7.3K
SHARES

तस्विरः फाइल

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । नत्र सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीमै संवैधानिक प्रश्न उठ्ने एक नेता बताउँछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहका एक नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा