नेता खिमलाल देवकोटाले एमालेभित्रका तेस्रो धारका नेता र कार्यकर्तालाई अब दास बन्नुको विकल्प नभएको सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । एमालेले प्रतिनिधि सभा पुनर्स्थापनालाई दुर्भाग्य भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेसँगै देवकोटाले यस्तो बताएका कडा टिप्पणी गरेका हुन ।
सामाजिक सञ्जालमार्फत देवकोटाले अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ भन्ने जिज्ञासा समेत राखेका छन ।
उनले लेखेका छन् : नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन । प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो/छ ।
अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धु्रवका यी दुई धार सँगसँगै जानसक्लान ?
निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ ।
असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन । पहिला विचारमा सहमति/एकरुपता नभएसम्म भागवण्डामा रमाउनु/मिलाउनु को कुनै अर्थ छैन ।
घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प छैन । मैले देख्दिन ।
सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरितको निरंकुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिईसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।