शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रोशनी शाहीको फेरि अर्को धम्की, महरा तनावमा !


  • शुक्रबार, भाद्र ११ २०७८
11.4K
SHARES

फाइल तस्विर

सभामुख हुँदा कृष्णबहादुर महरालाई  दुर्व्यवहारको आरोप लगाउँदै पदबाट राजीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को धम्की जस्तो भाषामा फेसबुकमा अक्रम गरेकी छन् ।  केही दिनअघि माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी पाएका महरालाई शाहीले फेसबुक स्ट्याटस मार्फत आक्रमण गरेकी हुन ।

महरा सभामुख हुँदा जबर जस्ती करणी मुद्दामा  शाहीले महराको राजनीति धराप पारेको देखिएको थियो। यद्यपि महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । सफाइ पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

बिहीबार बिहान शाहीले सामाजिक सञ्‍जाल फेसबुकबाट दुई ‘आक्रमण’ गरिन् । महराको अर्को मुद्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मुद्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छन् ।

शाहीले अर्को पनि पोस्ट गरेकी छन् । ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा