नेकपा एमालेका उपाध्यक्ष भीम रावलको प्रवृत्ति बडो अचम्मको देखिएको छ ।
हिजोका दिनमा माधव कुमार नेपाल नेकपा एमालेमा हुँदा उनै नेपालको आडमा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओली उपर सबै भन्दा धेरै खनिन्थे ।
केपी ओली उपर यसरी खनिन्थे कि केपी ओली तानासाही भएको ओलीबाट मुलुक चल्नै नसक्ने सम्मका अभिव्यक्ति दिएर कटु आलोचना गर्थे ।
तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका ओली उपर उग्र भएर खनिने रावल यती बेला एकाएक १० बुधे कार्यान्वयन भयो भन्दै पार्टी अध्यक्ष ओली समक्ष लपक्कै भएको अनुभव भएको छ ।
यती सम्मकी रावलले अहिले केपी ओलीलाई समर्थन गरेर माधव नेपाल लक्षित गर्दै सोसल साइटमा अभिव्यक्ति दिएका छन् । नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गर्दै। यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको भन्दै माधव नेपाल प्रति खनिएका छन् ।
राजनीतिका जानकारहरू भन्छन् एमालेमा रावल प्रवृत्ति बुझ्नै नसकेको बताउँछन् । रावल माधव नेपाल एमालेमै रहँदा नेपालको आड लिएर पार्टी अध्यक्ष समेत रहेका ओलीलाई तानासाही भन्ने र अहिले एकाएक ओली प्रति सकारात्मक देखिएर माधव नेपाल समक्ष खनिनुले रावल पद नपाएर बितृष्णा पोखेको समेत भन्न भ्याएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।