नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए ।
हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ । उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।
हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ’ उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए । भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।