आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

युद्धताका प्रचण्ड–बाबुराम जति दुर्लभ थिए, त्योभन्दा बढी दुर्लभ मिडियाका लगी विष्णु–सुन्दरमणि !


  • बिहिबार, भाद्र १० २०७८
15.6K
SHARES

लोक गाईका विष्णु माझि /पती सुन्दरमणि

युद्धताका प्रचण्ड–बाबुराम मिडियाका लागि जति दुर्लभ मानिन्थे त्यस्तै दुर्लभ लोक गाईका विष्णु माझि र सुन्दरमणि लाई लिन सकिन्छ । उनका गीत सुन्न सकिन्छ तर उनको सार्वजनिक जीवन कुनै मिडियामा देख्न सकिँदैन । बिष्णु माझी मात्र हैन उनका पति सुन्दरमणिलाई पनि कुनै मिडियामा अभिव्यक्ति दिएको पाउन सकिँदैन ।

जब–जब विष्णु माझीको गीत हिट लिस्टमा सामाजिक सञ्जालमा आउन थाल्छ त्यो बेला विष्णु माझीलाई खोजी गर्न सुरु हुन्छ । नेपाली लोक संगीतमा नम्बर १ गायिकाको ताज पहिरिएकी अत्यन्तै राम्रो  स्वर  भएकी गाइकाको जीवनशैली अलिक ‘रहस्यमय देखिन्छ।

उनलाई आफ्नै श्रीमानले  घरभित्र बन्धकझैं बनाएर राखेको धेरैले विश्वास गर्ने गर्छन् । उनको फोटो पनि पुरानै सार्वजनिक हुन्छ । कहीँ कतै कुनै मिडियामा पनि अन्तरवार्ता आउदैन । कुनै मिडियाले पनि भेट्दैनन् ।

गुगलमा विष्णु माझी टाइप गरेर तस्वीर खोज्नुभयो भने एउटाभन्दा बढी तस्वीर भेट्न मुस्किल पर्छ । १० वर्षभन्दा अगाडिदेखि उनको यही मात्रै तस्वीर चल्तिमा छ । उनले गाएका गीतका कभर फोटोहरुमा पनि योभन्दा दोस्रो तस्वीर पाइँदैन । यसबाहेक एकाध तस्वीर र भिडियो भेटिन्छन्, जुन उनको विवाहभन्दा पहिलेका हुन् ।

युट्यूवमा विष्णुको अन्तरवार्ता खाजी गर्नुभयो भने एउटा पनि भेटिदैनन। खासमा उनले आजका दिनसम्म एउटा पनि मिडियालाई अन्तरवार्ता दिएकी छैनन् ।
विष्णु मात्र होइन, उनका श्रीमान सुन्दरमणि पनि मिडिया भनेपछि चार कोस पर भाग्छन् । सुन्दरमणि सामाजिक सञ्जाल चलाउँछन्, तर केवल आफ्ना गीत सेयर गर्नेबाहेक उनका अन्य गतिविधि देखिँदैन ।

आम श्रोता सर्जकले विष्णु माझी सार्वजनिक भएको देख्ने हुटहुटीमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा