दक्षिण चीनमा एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो । सर्पको काटिएको टाउकोले उनलाई टोकेको थियो जसका कारण उनको मृत्यु भयो ।
दक्षिण चीनको ग्वांगडोंग प्रान्तको फोशान सिटीमा बस्ने शेफ पेंग फ्न इन्डोचाइजीज स्पिटिङ कोब्राको मासुबाट सूप तयार गरिरहेका थिए । वास्तवमा चीनमा विषालु कोब्राको मासुले बनेको सूप अत्यधिक रुचायन्छ । धेरैजसो रेष्टुरेन्टमा यस्तै सूप पाइन्छ ।
शेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको काटेपछि सूप बनाउन २० मिनेटको समय लगाए । त्यसपछि शेफ किचन सफा गर्न थाले । शेफले सर्पको काटिएको टाउकोलाई डस्टबीनमा फ्याँक्न उठाउँदा उनलाई कोब्राले टोक्यो ।
त्यतिबेला रेष्टुरेन्टमा भएका ग्राहक ४४ वर्षीय लिन सनले भने, ‘हामी श्रीमतीको जन्मदिनको अवसर पारेर रेष्टुरेन्टमा खाना खान गएका थियौं । त्यति नै बेला अचानक हंगामा भयो । सुरुमा त के भयो, थाहै भएन, किचनबाट चिच्याएको आवाज आइरहेको थियो ।’
हामीलाई थाहा भयो कि शेफलाई सर्पले टोक्यो । त्यहाँ भागदौड मच्चियो । डाक्टरलाई फोन गरियो तर डाक्टरको टीम पुग्दासम्म शेफको मृत्यु भइसकेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।