शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीलाई नेता मान्न सक्दिन, बैठकमा जान्नँ राजीनामा पठाइदिन्छु : वामदेव


  • बिहिबार, भाद्र १० २०७८
14.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।

एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा