शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रदेश १ मा ओलीको भनिएको सरकार ढल्यो, शेरधनले दिए राजीनामा


  • बिहिबार, भाद्र १० २०७८
12.3K
SHARES

फाईल तस्बिर

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन् । राई र आचार्य दुवै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । पदेश १ मा ओलीका विश्वास पात्र मानिएका शेरधन  राई  मुख्य मन्त्री रहेका थिए ।

राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् । आचार्य आजै शेरधन राईको प्रस्तावमा सर्वसम्मत दलका नेता चयन भएका हुन् ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा