शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राज्यको ढुकुटी रित्याएर बनाएका सडक,निर्माण सम्पन्न नहुँदै किन भत्किन्छन्?


  • बिहिबार, भाद्र १० २०७८
9K
SHARES

फाइल तस्विर

बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ । राज्यको ढुकुटी सकाएर बनाएका सडक निर्माण सम्पन्न नभई भत्किनुमा ठेकेदार कम्पनीले कम गुणस्तरको समान प्रयोग गरेको सर्वसाधारणको भनाई छ ।

ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताए। निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको उनको भनाइ छ । “एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्र सडक एक महिनामै भत्किन शुरु भएको छ”, उनले भने, “सधैँ धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्र हुँदा खुसी भएका थियौँ, तर बाटो कालोपत्र भएको महिना दिनमै ठाउँ–ठाउँमा उप्किन थाल्यो, भासिन थाल्यो ।”

सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौँ ठूला मालबाहक गाडी गुड्छन् । साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा