शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादीका मन्त्रीहरुको मस्ती, गोप्य कुरा सार्वजनिक भएपछि भागाभाग


  • बुधबार, भाद्र ९ २०७८
10.1K
SHARES

जनकपुर – नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुको कर्तुत सार्वजनिक भएको छ । भर्खरै सरकारमा गएको माओवादीका मन्त्रीहरु मोजमस्तीमा लागेको सार्वजनिक भएको हो ।

केही महिना अगाडीसम्म प्रदेश २ मा प्रतिपक्षमा बसेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए ।

विभिन्न मञ्चदेखि सदनसम्म प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई आलोचना गर्ने माओवादी केन्द्र अहिले प्रदेश सरकारमा सहभागी भएको छ । आफै प्रदेश सरकारमा सहभागी भएको केही साता नबित्दै तीनै माओवादी केन्द्रबाट सरकारमा सहभागी सर्वहारा नेताहरुले विलासी सोच प्रदर्शन गर्न लागेका छन् ।

प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा संचार मन्त्री छन् भने रुबी कर्णलाई आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीको जिम्मेबारी दिइएको छ ।

कहिल्यै प्रदेश सरकारका मन्त्रीहरु जनताको कर र पसिनाबाट जम्मा भएको ढुकुटीको दोहन गरिरहेको आरोप लगाउने यीनै सर्वहारा नेताहरु अहिले आएर मन्त्रालयमा गाडी हुँदा हुँदै गाडी किन्नका लागि अर्थ मन्त्रालयसँग करोडौ रुपैयाँको माग गरेका छन् ।

गाडी खरिद गर्नका लागि करोडौ रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेपछि आफूलाई सर्वहाराको नेता कहलाउन रुचाउने मन्त्री साहको विलासी सोच उदाङ्गो भएको छ ।

श्रोतका अनुसार मन्त्री साहका लागि २ लाख ५० हजार रुपैया मोबाइल खरिदका लागि समेत माग गरिएको छ ।

३ वटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुश्वाहाले जानकारी दिए । यद्यपि मन्त्रालयसँग अहिले पनि ८ वटा गाडी रहेको उनले बताए ।

उनले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा अनभिज्ञता प्रकट गरे । अहिले आन्तरिक मामिला तथा संचार मन्त्री साह र राज्य मन्त्री कर्ण दूबै सफारी गाडी चढ्दै आई रहेका छन् ।

त्यस्तै सचिव वीरेन्द्र यादव टोयटाको रश गाडी प्रयोग गर्दै आई रहेका छन् । यस अतिरिक्त मन्त्रालय एक गाडी पूर्व आन्तरिक मामिला तथा संचार राज्य मन्त्री सरोज कुश्वाहाले अहिलेसम्म गाडी मन्त्रालयलाई जिम्मा लगाएका छैनन् ।

उनी ह्युण्डायको भेनु गाडी प्रयोग गर्दै आई रहेका छन् । मन्त्रालयसँग यी गाडीहरु बाहेक एउटा स्कर्पियो, एउटा टाटा सुमो र २ वटा पिक अप गाडी गरी कुल ८ वटा गाडी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा