शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालले यतिसम्म घटिया खेल खेलेका रहेछन्, दर्ता नहुँदै फुट्ने खतरा


  • बुधबार, भाद्र ९ २०७८
11.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले फुटाउन घटिया खेल खेलेको सार्वजनिक भएको छ । उनले केपी शर्मा ओलीका सांसदलाई आफूतीर तान्दा घटिया खेल खेलेको खुलेको हो ।

शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशमा टेकेर एमाले विभाजन गराएका नेपालले एमालेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न सोच्नै नसकिने आश्वासन देखाएको खुलेको हो ।

देउवाले संसदमा विश्वासको मत लिने दिन माधव नेपाल पक्षका सांसद भोट नदिने सुइको पाएका नेपालले केपी ओलीका ८ जना सांसद लाइन लगाएका थिए ।

माधव नेपालले शेरबहालदुर देउवालाई जसरी पनि आफ्नो तर्फबाट २२ जना सांसदले विश्वासको मत दिने बचन दिएका थिए तर आफ्नै पक्षका मान्छेले भोट नदिने पत्तो पाए पछि ओली तिरका लोभी सांसहरुलाई लोभको बल्छी थापेको पाइएको छ ।

माधव नेपालसँग जो जो लाग्छन् ती सबैलाई मन्त्रीलाई मन्त्री बनाउने उधारो वाचा माधव नेपालले गरेका छन् । उच्च स्रोतले दिएको जानकारी अनुसार शेरबहादुर देउवाको सरकार १८ महिना चल्ने हिसाब गरेर ६÷६ महिनामा मन्त्री फेर्दै अहिले माधव नेपाललाई साथ दिएका सबैलाई मन्त्री बनाउँने बचन दिइएको छ ।

जनाधार खासै नभएका अधिकांश समानुपातिक सांसद, यतिसम्मकी वडा सदस्यमा चुनाव जित्न नसकेर पछि समानुपातिक कोटाबाट सांसद बनेकाहरुको साथ माधव नेपाललाई रहेको देखिन्छ । अधिकांश अनुहारहरु जीन्दगीमा कहिल्यै मन्त्री बन्न नसक्ने खालका रहेका छन् ।

माधव नेपालसँग लाग्दा एकवारको जुनीका मन्त्री बन्न पाइने र आजीवन पूर्वमन्त्री बनेर जीवन काट्ने लोभले धरै जना पछि लागेको देखिन्छ । राजनिति सकियोस् या बचोस तर मौकामा चौका हान्दै मन्त्री बनिहाल्ने लोभले एमाले विभाजन भएको सम्म चर्चा बजारमा छ ।

नेपाल निकट स्रोतका अनुसार यसै हप्ता ६ जना मन्त्री बन्नेछन् । उपसभामुख पनि नेपाल पक्षबाट एकजना महिला प्रतिनिधि सभाकी सांसद नै बन्नेछिन् । संसदीय समितिहरुमा ६ जनाको व्यवस्थापन हुनेछ ।

१३ जना अहिले नै सरकार, संसदीय समिति र उपभासभामुखका रुपमा हुनेछन् । बाँकी सांसदहरुलाई पछि अवसर दिने गरी माधव नेपालले व्यवस्थापन गरेको बुझिएको छ ।

तर, ३१ सांसद माधव नेपालको पक्षमा भएकाले आलोपालो मन्त्री बनाएर सबैको पालो पुर्याउने, बामदेव गौतम उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने चर्चा छ । तर, उनी आफूनिकटस्थहरुलाई बढीभन्दा बढी शक्तिशाली मन्त्रालयमा लगेर पछि हट्ने रणनीतिमा छन् ।

मन्त्री बन्ने सूचीमा मुकुन्द न्यौपाने, वेदुराम भुषाल, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, कृष्णलाल श्रेष्ठ पनि छन् । रामकुमारी झाँक्री पनि मन्त्रीको सम्भावित हुन् ।

न्यौपाने र भुसालमध्ये एकलाई माधव नेपालले मन्त्री बनाउने भएका छन् । जीवनराम र कृष्णलाल मध्ये एक बन्नेछन् । एकजना महिलालाई उपसभामुख पक्का गरिएको छ ।

उनले बोलेको बचन अनुसार सबैलाई मन्त्री बनाउन असम्भव जस्तै छ । यदी भनेअनुसार मन्त्री नबनाएको खण्डमा प्रेम आले सहितको ८ जनाको टिम फेरी फुट्ने खतरा छ ।

उनीहरुले पार्टी दर्ता हुनभन्दा अघि नै छिटो मन्त्री बनाउन नेपाललाई दवाव दिएका थिए । नेपालले मन्त्री बनाउन आनाकानी गरेपछि सिधै देउवालाई भेट्न बालुवाटार पुगेका थिए । देउवाले माधव नेपालको सिफारिसमा मन्त्री बनाउने भने पछि उनीहरु निरास हुँदै फर्किएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा