आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

खोप हानेको भन्दैमा कोरोना लाग्दैन भनेर ढुक्क नहुनुस्, आज मात्रै २,४८२ जनामा कोरोना सङ्क्रमण


  • बुधबार, भाद्र ९ २०७८
13K
SHARES

फाईल तस्बिर

खोप हानेको भन्दैमा कोरोना लाग्दैन भनेर ढुक्क नहुन विशेषज्ञहरूले बताएका छन् । खोपको पुरा मात्रा हानि सकेपछि सुरक्षित भइने तर कोरोना सर्दै नसर्ने भन्ने नभएको डाक्टरहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञको भनाइमा भ्याक्सिन लगाएपछि पनि संक्रमणको जोखिम हुन्छ। खोप लगाउने बित्तिकै शरीरमा एन्टिबडी बनेको हुँदैन। सामान्यतया खोप लगाएको दुई सातादेखि १२ सातामा एन्टिबडी बन्छ, “खोप लगाएपछि पनि संक्रमण हुनेको संख्या ००४ देखि १ प्रतिशत मात्रै छ।

खोप लगाएका व्यक्ति संक्रमित हुने अवस्था सानो संख्याभित्र पर्ने र संक्रमित भइहाले पनि गम्भीर बिरामी भने नहुने विशेषज्ञ बताउछन्।

हाम्रो मुलुकमा दिनानुदिन कोरोनाको ग्राफ बढ्दो देखिन्छ आज पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस खोप लाएकालाई पनि सर्ने भएका कारण स्वस्थे मापदण्ड भने सबैले पालना गर्नु पर्ने जरुरी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा