शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने


  • बुधबार, भाद्र ९ २०७८
9.4K
SHARES

फाइल तस्विर

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ ।  भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा