नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर प्रचण्डले बिल्कूलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिएका छन् ।
बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दावी समेत गरे ।
आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो । उनले भने, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । एकजना भित्रले भन्नु भयो– पहिलेको र अहिलको उस्तै हो भनेर– कोही नअलमलिनु होला भनेर । पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी हिसाबमा उस्तै होइन् यो फरक छ । तर उहाँले साफ झुट बोल्नु भो, देशका अगाडि बेईमानीपूर्ण कुरा गर्नु भयो । उहाँले चाँही देशका लागि । नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सत्ताले यस्तो, सरकारले राजनीतिक पार्टी भित्र बदनीयतका साथ हात हालेर अनुचित ढंगले कानुन निर्माण गरेर, अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक कार्य हो, यो नैतिक कार्य होईन । यो बिलकुलै अनैतिक कार्य हो । त्यसकारण यस्तो अनुचित कार्य उचित होइन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।