शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सभामुखमाथि ओलीको हमला : एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो


  • बुधबार, भाद्र ९ २०७८
9.4K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले कटाक्ष गरे ।

बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाए ।

उनले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको बताए । ‘सम्माननीय सभामुखजी साझा व्यक्तित्व, निष्पक्ष रहनुपर्नेमा उहाँ त्यो रहन सक्नुभएन,’ उनले भने, ‘सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् कुरा हो ।’

पार्टीले कारवाही भएको जानकारी गराइसक्दा पनि ती सांसदलाई पदमुक्त नगर्नु बेइमानी भएको ओलीको भनाइ छ ।

उनले निर्वाचन आयोगलाई पनि सशरीर उपस्थित नभएको व्यक्तिहरुलाई सनाखत प्रक्रियामा सामेल नगर्न सुझाव दिए । ‘अनुपस्थित भएकालाई गणना गर्न मिल्दैन । निर्वाचन आयोगले एसएमएस, इमेलका भोट प्रयोग गर्न मिल्दैन । आयोगका प्रतिनिधि नभएका ठाउँबाट गरिएका भोट मान्य हुन सक्दैन,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा