शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीलाई झालनाथले पनि छोडे, दूतावासमार्फत गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत


  • बुधबार, भाद्र ९ २०७८
7.9K
SHARES

फाईल तस्बिर

भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।

‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।
यसैबीच नेता सोमप्रसाद पाण्डे लगायतका नेताहरुले निर्वाचन आयोगमा समाजवादीको पक्षमा रहेको भन्दै दिएको निवेदनबारे भने आयोगले कुनै निर्णय गरेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा