प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमालेमा मिसिएका मध्यमार्गी नेताहरुलाई ‘धोकेवाज’ संज्ञा दिएका छन् । आफूहरुलाई छल्नका लागि एमालेसँग एकता गरेको उनले टिप्पणी गरे तर ओलीको स्वेच्छाचारितासँग दोस्रो धारका नेताहरू टिक्न नसक्ने र आफै हाम्रो पार्टीमा आउने समेत दाबी गरेका छन् ।
निर्वाचन आयोगमा दर्ता सनाखतका लागि पुगेका खतिवडाले पत्रकारसँग भने, ‘उहाँहरु भुलभुलैयामा परेर अभियानबाट फर्किनुभयो । हामीलाई छल्नका लागि यो एकताको नाटक गरिएको हो । हामीले नयाँ पार्टी बनाउन प्रक्रिया थाल्नेवित्तिकै अनेकौं नाटकको श्रृंखला मञ्चन गरिएको छ ।’
अब उहाँहरुलाई तान्न प्रयास गर्नुहुन्छ ? भन्ने प्रश्नमा खतिवडाले त्यस्तो प्रयास नगर्ने, तर उनीहरु आफैं आउने दावी गरे ।
‘धोकेवाजहरुसँग हामी प्रयास गर्दैनौं । तर हामीलाई थाहा छ, उहाँहरु केपी ओलीको स्वेच्छाचारितासँग मिल्न सक्नुहुन्न । अन्तिममा हामीतिरै आउनुहुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।