नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् ।
२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए ।
नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।