आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

माधव नेपालको नयाँ अध्याय, समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा


  • बुधबार, भाद्र ९ २०७८
6.8K
SHARES

फाइल तस्विर

लामो समय एमालेको नेतृत्व गरेका नेकपा एमालेका वरिष्ठ नेताको आजबाट नयाँ अध्याय सुरु हुनेछ । एमाले बाट अलग भएर नयाँ पार्टी दर्ता गरे सँगै आयोगले सनाखतका लागि अज माधव नेपाल सहित नेताहरूलाई बोलाएको हो ।

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् ।

त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा